काठमाडौँ, फागुन २१ गते । सन्तनेता कृष्णप्रसाद भट्टराईको निधनमा कुशेश्वर विद्यापीठ पूर्व विद्यार्थी समाजले गहिरो दुःख व्यक्त गर्दै शनिबार शोक प्रस्ताव पारित गरेको छ । सन्त नेता भट्टराई सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउँ विकास समितिस्थित कुशेश्वर विद्यापीठ उच्च माध्यमिक विद्यालयको एक मात्र जिवित संस्थापक सस्दय हुनुहुन्थ्यो । पूर्व विद्यार्थी समाजद्वारा शनिबार राजधानीमा आयोजित श्रद्धााजलिसभामा शोक प्रस्ताव पारित गरिएको हो । विक्रम सम्वत् १९९० सालमा काठमाडौँको मैतीदेवीमा भाषा पाठशालाको रुपमा स्थापित सो विद्यालय २००८ सालमा दुम्जामा स्थानान्तरण गरिएको थियो । सो विद्यालयको संस्थापकहरुमा विश्वेश्वरप्रसाद कोइराला गणेशमान िसंह कृष्णप्रसाद भट्टराई महाकवि लक्ष्मीप्रसाद देवकोटा धरणीधर कोइराला महानन्द सापकोटा लेखनाथ पौडेल दीर्घराज कोइरालालगायत साहित्य राजनीति र समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पुर् याएका १८ जना व्यक्तित्वहरु हुनुहुन्छ । दुम्जामा विद्यालय स्थापना गर्न महत्वूर्ण योगदान पुर् याउने दुईजना धरणीधर कोइराला र दीर्घराज कोइरालाको शालिक विद्यालय प्राङ्गणमा राख्ने तयारी भइरहेको छ । विद्यालयको जन्मजयन्ती बैशाख २९ गते शालिक स्थापना गर्ने पूर्व विद्यार्थी समाजले जनाएको छ । विद्यालयका पूर्व विद्यार्थी एवं नेपाली काङ्ग्रेसका नेता विपिन कोइरालाले सन्त नेता भट्टराईको निधनले विद्यालयले एउटा अभिभावक गुमाएको प्रतिकि्रया दिनुभयो । यसैगरी बैठकले साहित्यकार डायमण्ड शमशेर राणाको निधनमा पनि शोक व्यक्त गरेको छ । ० दीपक कृष्णप्रसाद भट्टराईको निधनमा कुशेश्वर विद्यापीठ पूर्व विद्यार्थी समाजले गहिरो दुःख व्यक्त गर्दै शनिबार शोक प्रस्ताव पारित गरेको छ । सन्त नेता भट्टराई सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउँ विकास समितिस्थित कुशेश्वर विद्यापीठ उच्च माध्यमिक विद्यालयको एक मात्र जिवित संस्थापक सस्दय हुनुहुन्थ्यो । पूर्व विद्यार्थी समाजद्वारा शनिबार राजधानीमा आयोजित श्रद्धााजलिसभामा शोक प्रस्ताव पारित गरिएको हो । विक्रम सम्वत् १९९० सालमा काठमाडौँको मैतीदेवीमा भाषा पाठशालाको रुपमा स्थापित सो विद्यालय २००८ सालमा दुम्जामा स्थानान्तरण गरिएको थियो । सो विद्यालयको संस्थापकहरुमा विश्वेश्वरप्रसाद कोइराला गणेशमान िसंह कृष्णप्रसाद भट्टराई महाकवि लक्ष्मीप्रसाद देवकोटा धरणीधर कोइराला महानन्द सापकोटा लेखनाथ पौडेल दीर्घराज कोइरालालगायत साहित्य राजनीति र समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पुर् याएका १८ जना व्यक्तित्वहरु हुनुहुन्छ । दुम्जामा विद्यालय स्थापना गर्न महत्वूर्ण योगदान पुर् याउने दुईजना धरणीधर कोइराला र दीर्घराज कोइरालाको शालिक विद्यालय प्राङ्गणमा राख्ने तयारी भइरहेको छ । विद्यालयको जन्मजयन्ती बैशाख २९ गते शालिक स्थापना गर्ने पूर्व विद्यार्थी समाजले जनाएको छ । विद्यालयका पूर्व विद्यार्थी एवं नेपाली काङ्ग्रेसका नेता विपिन कोइरालाले सन्त नेता भट्टराईको निधनले विद्यालयले एउटा अभिभावक गुमाएको प्रतिकि्रया दिनुभयो । यसैगरी बैठकले साहित्यकार डायमण्ड शमशेर राणाको निधनमा पनि शोक व्यक्त गरेको छ ।
० दीपक
No comments: