साउने साेमबार कुशेश्वरमा भव्य मेला लाग्ने


 विश्वका कराेडाैँ अाेमकार समुदायकाे अास्थाकाे केन्द्र अादिलिङ्ग कुशेश्वर महादेव मन्दिरमा साउने साेमबार मेला लाग्ने गरेकाे छ ।
सिन्धुली जिल्लाकाे सुनकाेशी गाउँपालिका वडा नम्बर १ मा रहेकाे कुशेश्वर महादेव मन्दिर पुग्न राजधानी काठमाडाैँबाट ८३ किलाेमिटर बीपी मार्गहुँदै पूर्व जानुपर्छ । धुलिखेलबाट ५० किलाेमिटर दुरीमा रहेकाे कुशेश्वर महादेव मन्दिर निकट सुनकाेशी नदी तटमा रहेकाे दुर्गा तीर्थमा स्नान गर्नाले पाप तथा पितृमाेक्ष हुने हिमवतखण्डमा उल्लेख गरिएकाे छ ।
साउने साेमबार मात्र नभइ साे मन्दिरमा नेपाल, भारतलगायत स्थानबाट हजाराैँ दर्शनार्थी भक्तजन अाउने गरेका छन् । शनिबारका दिन पिकनिक मनाउन जानेकाे समेत कुशेश्वर वरपर घुइँचाे लाग्ने गरेकाे छ । यद्यपि, कुशेश्वर पुग्नेहरूले सुनकाेशीमा पाैडी खेल्नचाहिँ सजगता अपनाउनु पर्छ । हेर्दा सानाे देखिए पनि गहिराइ ज्यादा भएकाले पाैडी खेल्न ज्यादै सतर्कता चाहिन्छ ।
मन्दिर पुग्न काेटेश्वरबाट पूर्व खुर्काेट, सिन्धुली, सर्लाही, रामेछापलगायत जाने बस, माइक्राे, बाेलेराेमा जान सकिन्छ । मन्दिरसम्म पुग्न २५० देखि ३०० रूपियाँसम्म गाडीले भाडा लिने गरेका छन् । साे ठाउँमा बस्नका लागि गजुलीदहमा हाेटल तथा गेष्टहाउसकाे समेत सुविधा रहेकाे छ ।

साउने साेमबार कुशेश्वरमा भव्य मेला लाग्ने साउने साेमबार कुशेश्वरमा भव्य मेला लाग्ने Reviewed by Nepalthok on 2:34 AM Rating: 5

No comments:

Powered by Blogger.