सिन्धुली काभ्रे र रामेछाप जिल्लाको संगमस्थल अनि सुनकोसीको किनार र रोशी खोलाको दोभानमा रहेको कुशेश्वर महादेव धार्मिक हिसावले अतिनै महत्वपूर्ण तीर्थस्थलको रुपमा मानिन्छ । बनेपाबाट ५१ किलोमिटर बसमा यात्रापछि पुग्न सकिने यो स्थान सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाविसको बेसीमा अवस्थित छ । बनेपा सिन्धुली बर्दिवास बी।पी।राजमार्गको छेवैमा रहेको कुशेश्वर महादेव विस्तारै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै छ । सो कार्यको लागि काठमाडौँमा रहेका डंगोल जातिले विशेष चासो राख्दै आएको पाइन्छ । त्यस्तै सिन्धुलीका स्थानीय संस्थाहरुले पनि पर्यटन प्रवद्र्धनका लागि विशेष चासो राख्दै आएका छन् ।
Reviewed by Nepalthok on 1:17 AM Rating: 5

1 comment:

  1. deepak dai dhera dherai khusi lagyo ani ramailo pani so a lot of thanks hai

    ani la la yesta yesta article padhna paiyos

    ReplyDelete

Powered by Blogger.