सिन्धुलीको कुशेश्वर महादेव प्रचारप्रसार नहुँदा ओझेलमा: सिन्धुली साैगात पत्रिका

सिन्धुली,१८ असोज –  सिन्धुलीको दुम्जा गाँउ विकास समितिमा रहेको दुर्गातीर्थ( कुशेश्वर महादेव मन्दिर) स्थल नेपालको एक प्रशिद्ध धार्मिक तिर्थस्थलको रुपमा  रहेको भएपनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।  


काभ्रे,रामेछाप र सिन्धुली जिल्ला तथा रोशिखोला र सुनकोशिको संगम स्थलमा रहेको उक्त धार्मीक स्थलमा आदिलिङ्ग कुशेश्वर महादेवको प्रसिद्ध मन्दिर समेत रहेको स्थानीयबासिन्दाहरुले बताएका छन् । 

स्थानीयबासिन्दाका अनुसार– कुशिकमुनीद्धारा पूजित र कुश पर्वतको नजिक भएकाले यी दुवै नामबाट आदिलिङ्ग शिवजीलाई कुशेश्वर महादेव भनिएको हो । ब्रह्माजीले  पर्वत सृष्टि गर्दा यसै ठाँउमा आइ स्नान गरी ध्यान गरेपछि शिवलिङ्ग उत्पन्न भएकाले नै यी महादेवलाई आदिलिङ्ग महादेव भनिएको भन्ने हिमवत्खण्डमा नेमुनिले विरुपाक्षलाई बताएको उल्लेख भएको मन्दिर संरक्षण समितिले जनाएको छ ।  दुर्गाले दैत्यहरुलाई मारेर लीलावती र कौशिकीको संगममा स्नान गरेकाले यस तीर्थको नाम दुर्गातीर्थ भएको उल्लेख छ । स्थानीय शम्भुप्रसाद दाहालका अनुसार मन्दिरबाट करिव तीन कोष पूर्व सुनकोसीको तिरमा मुकुटेश्वरी देवीको मन्दिर भएको मुलकोट भन्ने ठाँउमा लडाई गरी दैत्यहरुलाई पराजित गरी दुर्गाले स्नान गरेको ठाँउमा दुर्गातीर्थ  रहेको छ ।

साथै कोशीमा स्नान् गर्न जान्छु भनेर जो हिँड्छन् तिनीहरुले प्रत्येक पाइलामा अश्र्वमेघ यज्ञ गरेको फल प्राप्त गर्दर्छन  भन्ने एक प्रशंगमा देविले दैत्यहरुलाई  भनि जलमा अन्तध्र्यान  हुनु भयो । कुशिकमुनि पनि शिवजी भएका ठाउँमा गए र देवीको आदेशअनससार शिवजीको पूजा गरी तपस्या गर्न थाले । यसपछि आदिलिङ्ग शिवजी भएका ठाँउमा देवता,गन्धर्व,ऋषिमुनिहरु आएर कौशिकीमा विधिपूर्वक स्नान गरी शिवजीको पुजा गरे । यसपछि कौशिकी र आदिलिङ्गको महिमा सुनेर सुभ्वादि दैत्यहरु त्यहाँ आई विधिपूर्वक कोशिकीमा स्नान गरी शिवजीको पूजा गरेर तपस्या गरे । तपस्याले प्रशन्न भई शिवजीबाट वरप्राप्त गरी देवताहरुसंग लडाई गरेर देवताहरुलाई जिती धेरै कालसम्म स्वर्गको भोग गरेको बताइन्छ । त्यसैगरी पूनः देवताहरुले उक्त स्थानमा सोहि  कार्य गरेका कारण प्रशन्न भएकी दुर्गाले दैत्यहरुलाई पराजित गरी देवताहरुलाई स्वर्गमा स्थापित गरी लालावती र सुनकोसीको संगममा स्नान गरी त्यहाँबाट पूर्वोत्तर पहाडतर्फ जानु भएको र यस्ता कथा हिमवत्खण्डमा उल्लेख गरिएको स्थानीयबासिन्दाहरुले बताएका छन् । उक्त तीर्थस्थलमा विभिन्न शिद्धिमुनिहरु आएर बस्दथे भन्ने भनाई रहेको पाईन्छ  । जसअनुसार कुशेश्वर देवालयमा एकपटक यस्ता शिद्ध  बसेका थिए, जसले एकदिन दुम्जाका मानिसहरुलाई भने म भोलि पुशपतिको दर्शन गर्न जाने छु । म खोला नतरी जान्छु, त्यसैले आज पानी परेर ठुलो बाढी आई मन्दिरभन्दा पश्चिमको बाटो छाडेर लीलावती पूर्वपट्टि लाग्नेछिन् । त्यसैले त्यसभन्दा अघिनै तिमीहरुले यो ठाँउ छाडेर जाओ । नभन्दै त्यसो भएको बुढापाकाहरुले बताएका छन् । 

वि.सं. १९९० को  भुकम्पले मन्दिर भत्काएपछि १९९६ मा तनुहुँ जिल्लाबाट आएका बालब्रह्मचारी गोपालदास बाबाले चन्दा संकलनगरि मन्दिर पून:  निर्माण गरेको बताईएको छ भने महादेव मन्दिरमा मागेको वर पाईने जनविश्वास रहि आएको छ । 

केहि वर्ष अधिसम्म शिबरात्रीमा पशुपतिमा आएका जोगि तथा सन्यासिहरु फर्कने क्रममा कुशेश्वर दुम्जा महादेवको मन्दिर दर्शन गरी मात्र फर्कने चलन भएकोमा प्रचारप्रसारको अभावमा जोगि तथा सन्यासीहरु आउन छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन् । 

प्रशिद्ध धार्मीक तिर्थस्थलको रुपमा रहेपनि प्रचार प्रसारको  अभावमा ओझेलमा परेपछि स्थानीयबासिन्दाहरुले धार्मीक स्थललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथै बीपी राजमार्गमा दुर्घट्ना न्यूनिकरणको कामना  गर्दै लघु रुद्री, किर्तन, र स्वस्ती शान्ति गर्ने गरेका छन् । प्रशिद्ध एक सय आठ सिव लिङ्ग समेत रहेको उक्त क्षेत्रको प्रचार प्रसार गर्न सके जिल्लामा आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताइन्छ ।

 शिवमन्दिरको प्रचार– प्रसार तथा बीपी राजमार्ग लगाएत जिल्लाका अन्य स्थानमा दिनानुदिन दुर्घटना बढ्दै गएपछि तीनवटा धार्मीक अनुष्ठान कार्यक्रम सम्पन्न गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । उता गत बैशाख १२ गतेको भुकम्पले मन्दीरका भौतिक संरचनामा क्षेती पुगेको छ । 
भुकम्पका कारण मन्दीरका प्रायः सबैजसो भौतिक संरचनामा क्षेती पुगेको छ । 
http://www.sindhulisaugat.com/2015/10/51.html
सिन्धुलीको कुशेश्वर महादेव प्रचारप्रसार नहुँदा ओझेलमा: सिन्धुली साैगात पत्रिका सिन्धुलीको कुशेश्वर महादेव प्रचारप्रसार नहुँदा ओझेलमा: सिन्धुली साैगात पत्रिका Reviewed by Nepalthok on 10:53 AM Rating: 5

No comments:

Powered by Blogger.