परिचयभित्र दुम्जा
सिन्धुली सदरमुकामबाट चौध कोष उत्तर-पश्चिम र काठमाडौँबाट १८ कोष पूर्वमा कुशेश्वर दुम्जा गाउँ विकास समिति पर्दछ । राताम्य लालीगुँरास पुूल्ने महाभारतका उच्च पहाडी श्रृङ्खलादेखि रोशी र सुनकोसीका समथर फाँटले कुशेश्वर दुम्जा गाविसलाई भौगोलिक विविधता प्रदान गरेको छ । जातीय विविधताबीच धार्मिक एकता दुम्जाको विशेषता बनेको छ । उच्च पहाडी भेगमा मगरहरुको बाहुल्यता छ भने मध्य भागमा अल्पसंख्यक हायू जाति र तामाङहरुको बसोवास छ । पहाडका तल्लो भाग अर्थात् कछाडतिर बाहुन क्षेत्री नेवार घर्ती भूजेल गिरी र दलितहरुमा कामी दमाई सार्कीहरुको बसोवास रहेको छ ।महाभारतबाट उत्तर तर्फ झर्ने पहाडी झरनाहरुले प्राकृतिक मोहकता मात्र हैन विकासका प्रसस्त सम्भावना पनि बोकेको छ । तीन जिल्लाको संगमस्थलको रुपमा रहेको यस गाविसको पूर्वमा सिन्धुलीकै झाँगाझोली दक्षिणमा नेत्रकाली तामाजोर र वस्तीपुर गाविस पर्दछ भने पश्चिममा काभ्रे जिल्लाको भिङ्खोरी र मेच्छे गाविस उत्तरमा रामेछाप जिल्लाको राकाथुम गाविस रहेको छ । सुनकोसीका उन्मुक्त छाल छेउ र रोशी खोलाको दोभानमा विशिष्ट धार्मिक आस्थाका केन्द्रविन्दुका रुपमा रहेका आदिलिङ्ग कुशेश्वर महादेवको नामबाट गाविसको नाम कुशेश्वर रहन गएको हो । सिन्धुली जिल्ला क्षेत्र नं.३ ईलाका नं. १० को भौगोलिक एवम् प्रशासनिक सीमानाभित्र रहेको कुशेश्वर दुम्जासम्म बनेपा-सिन्धुली-बर्दिवास बीपी राजमार्गको चौथो खण्ड सडक मार्ग पुगिसकेको छ । बनेपाबाट करीव ५१ किलोमिटर र काठमाडौंबाट ८० किलोमिटरको दूरीमा दुम्जा गाविस रहेको छ ।कुशेश्वर गाविस दुम्जा २७०२७ु अक्षांश ८५०४८ु देशान्तरसम्म फैलिएको छ । चार हजार दुई सय छ हेक्टर क्षेत्रफल रहेको दुम्जा गाविस चर्तुभुजाकार रुपमा उत्तरी मोहडामा फैलिएको छ । समुन्द्रि सतहबाट करिव ७ सय ५० मिटरदेखि तीन हजार सात सय मिटरसम्मको उचाईमा छ । औसत तापक्रम अधिकतम २८.३० सेन्टिग्रेडदेखि न्युनतम ५.३० सेन्टिग्रेडसम्म रहन्छ । पूर्व र पश्चिम दिशामा लमतन्न परेर सुतेको जस्तो देखिने दुम्जा डाँडामा वडा नं.१ देखि ४ सम्म पर्दछ । ५ नम्बर वडा बेंशी र केही होचो भागमा रहेको छ । वडा नं. ६७८ र ९ पहाडी र उच्च पहाडी भागमा रहेको छ । २०५८ को जनगणनाअनुसार दुम्जाको जनसंख्या ५ हजार २११ रहेको छ । यसैगरी ७ सय ८२ घरधुरी छ ।२००८ सालमा स्थापित कुशेश्वर विद्यापीठ उच्च माविले उक्त क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको यथार्थलाई नकार्न सकिन्न । उक्त विद्यालयसम्म आँपघारी बीपी राजमार्ग बाट कच्ची सडक पुर्याइएको छ । यसैगरी लीलावती पुण्यमती र रोसमतीका नामले चिनिने रोशीखोलाको दोभान र सुवर्ण कौशिकी अर्थात् सुनकोसीको तिरमा रहेको कुशेश्वर महादेव सनातनी हिन्दु धर्मको आस्था र विश्वासको केन्द्र मानिन्छ । महाभारत लेकबाट हामफाल्ने छाँगाहरुबाट जलविद्युत् निकाल्ने प्रयास पनि भइरहेको छ । त्यही लेकबाट ल्याइएको खानेपानीमा दुम्जा डाँडाका वासिन्दाहरु आश्रित रहेका छन् । दुम्जामा रहेको प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गर्न सके दुम्जाको दीगो विकासमा टेवा पुग्ने छ । तथापि त्यसको लागि सबै दुम्जालीको एकता प्रतिवद्धता र लगनशीलता आवश्यक छ । त्यो भएमा दुम्जाको गर्वीलो इतिहासलाई बचाउन सक्ने थियौँ कि ?

Reviewed by Nepalthok
on
2:37 AM
Rating:
No comments: