सिन्धुली र बि पि को गाउँ
बनेपाबाट
सिन्धुलीको नेपालथोक गाडी चलेको १० वर्ष पुग्नै लागिसकेको छ । ५१ किलोमिटर
लामो यो सडकखण्डले काभ्रे मात्रै नभई सिन्धुली र रामेछापवासीलाई पनि निकै
राहत दिएको छ । अहिले नेपालथोकबाट सिन्धुलीको खुर्कोटतिर पनि बस चल्न
थालेका छन् ।
बनेपाबाट ५० किलोमिटर बस-यात्रा गरेपछि आइपुग्छ सिन्धुलीको दुम्जा गाविसको आँपघारी । हुन त यहाँ आँपका रूख देखिँदैनन् । तैपनि नाम आँपघारी राखिएको छ, कान नसुन्नेको कर्णबहादुर र दृष्टिविहीनको नेत्रप्रसाद नाम भएजस्तै । आँपघारीबाट नाकै ठोक्किने उकालो हिँडेपछि पुगियो दुम्जा । बनेपा-बर्दिबास राजमार्गको धुलिखेल नेपालथोक खण्डको निर्माण भएपछि कयौंपटक नेपालथोकको यात्रा तय भए पनि दुम्जा गाउँ बिरानो थियो । एकजना साथीको बिहेको मौका पारेर पुगियो १७ असारमा दुम्जा । सिन्धुलीको क्षेत्र नं. ३ मा पर्ने यो गाउँ त्यही हो, जहाँ विश्वेश्वरप्रसाद कोइरालाका पुर्खा बस्थे । नेपाली राजनीतिमा उल्लेखनीय नाम बिपीदेखि जिपी (गिरिजाप्राद) को जग्गा अझै छ रे भन्ने सुनेपछि लागियो उनीहरूको पुख्र्यौली घर र जग्गा खोज्न ।
बिपी होइन विपिन
घन्टौं लगाएर बिपी कोइरालाको पुख्र्यौली घरको बारेमा जानकारी लिन खोज्दा सम्भव भएन । गाउँमा निकै कम रहेका बूढापाकाहरू कोही भेटिएनन् । अनि, जति युवा र प्रौढ भेटिए, उनीहरूसँग सोधियो, 'बिपीको घर कहाँ पर्छ ?' अधिकांशले प्रतिप्रश्न गरे, 'विपिनको घर खोज्नुभएको हो ?' यहाँका धेरै मानिसलाई यो गाउँ बिपी कोइरालाको पुख्र्यौली गाउँ हो भन्ने पनि थाहा रहेनछ । पूर्वसांसद (सायद, मन्त्री पनि भए क्यारे !) विपिन कोइरालाको नाम यो गाउँका सबैलाई कण्ठस्थै रहेछ । अनि बिपी ? अहँ धेरैलाई बिपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालालगायतका नेपाली राजनीतिमा नाम चलेका 'कोइरालाहरू' को पुख्र्यौली घर यहाँ पर्छ भन्ने पनि थाहा रहेनछ । बच्चादेखि ५० वर्ष उमेरको आसपासमा चलिरहेका अधिकांशले बिपी सोध्दा विपिन सम्झेर उनका बारेमा बताउन खोज्नुको कारण यही होला । कस्तो विडम्बना !
चारवटा गाउँ लगाएर खोजियो बिपीको पुख्र्यौली घर र उनको जग्गा । गाउँभरिका दर्जनौं व्यक्तिलाई सोध्दा पनि पत्ता नलागेपछि एउटा सानो झुपडीमा पसियो । त्यहाँ भेटिए इन्द्रबहादुर विश्वकर्मा । उनी भने बिपी मात्रै होइन, कृष्णप्रसाद कोइराला (बिपीका पिता) का बारेमा समेत थोरै भए पनि जानकार रहेछन् । उनले बिपी, गिरिजा, मातृका र पिता कृष्णप्रसादका बारेमा पनि केही बताउने प्रयास गरे । बिपीको पुख्र्यौली घर रहेको स्थान पनि बताइदिए ।
उनलाई धन्यवाद दिँदै र्फकंन लाग्दा बाटामा भेटिए ६५ वषर्ीय गोविन्द कोइराला । आफूलाई बिपीहरूकै खलक बताउने उनले बिपी मर्दा जुठोसमेत बारेको बताए । तर, उनलाई पनि बिपीका बारेमा अरू केही जानकारी रहेनछ । न त यही ठाउँबाट बसाइँ सरेर गएका कृष्णप्रसाद कोइरालाकै बारेमा । 'मलाई होइन, मेरो दाजु रामप्रसाद कोइरालालाई सबै थाहा हुन्छ,' उनले अर्को स्रोत देखाइदिए र भने 'तल बिहेघरमा भेटिन्छन् बूढा ।' अनि तल्लो गाउँमा झरेपछि भेटिए रामप्रसाद सापकोटा । सम्भवतः गाउँमा बिपी कोइराला मात्रै होइनन्, उनका पिता कृष्णप्रसाद कोइरालाका बारेमा सबैभन्दा बढी जानकारी उनीसँगै रहेछ । कृष्णप्रसाद कोइरालाको नाम लिनेबित्तिक्कै उनले सोधिहाले, 'को खरदार कृष्णप्रसाद ?' संवाददाताले 'हो' भनेपछि उनले कुरा सुरु गरे ।

काम गर्न गाह्रो भएकाले बसाइँ सरे कृष्णप्रसाद, सुरुमै कृष्णप्रसाद कोइराला दुम्जा छाडेर विराटनगर झर्नुको कारणबारे उनलाई सोधियो । गिरिजाप्रसादका उमेरका मात्रै होइन, उचाइ अलि बढी भएका भए उनीजस्तै देखिने रामप्रसादले कृष्णप्रसाद कोइराला यो भीरपाखामा काम गर्न गाह्रो भएकाले विराटनगर बसाइँ सरेको बताए । 'मेरो बुबाले भन्नुभएको,' उनले सुरुमै आफूलाई जानकारी दिने आफ्ना पितालाई सम्झे अनि भने, 'यहाँ तलको ठूलो भीरमा एक दिन कृष्णप्रसाद कोइराला घाँस काट्दै रहेछन् । घाँसको भारी बोकेर र्फकने वेलामा उनी झन्डै भीरबाट तल खसेछन् । र, उनले सोचेछन्- यो भीरपाखामा बसिरह्यो भने मेरा शाखासन्तानले दुःखबाहेक केही पाउँदैनन् । सोही कारण उनी यो ठाउँ छाडेर विराटनगर गए ।' राणाकालमा उनको सम्पत्ति सर्वस्वहरण भएकै कारण कृष्णप्रसाद कोइराला बसाइँ सरेको भन्नेहरू पनि छन् । तर, रामप्रसादले त्यसलाई अस्वीकार गरे । 'उनी सर्वस्वहरण भएका कारण बसाइँ गएका होइनन्,' उनले पटक-पटक दोहोर्याए, 'उनी बसाइँ सरेपछि त्यतिकै छाडेर गएको जग्गा पछि सर्वस्वहरण गरिएको हो ।'
रामप्रसादको सम्झनामा कृष्णप्रसाद कोइरालाका अन्य दाजुभाइ भने कोही काठमाडौं गएर बसे र उतै देहत्याग गरे । केहीका बारेमा भने आफ्ना पितालाई समेत जानकारी नभएको रामप्रसादले सुनाए ।
हुन पनि विकासबाट निकै परेको यो ठाउँमा बनेपा-बर्दिबास सडकले भने निकै राहत दिएको छ । 'सायद, यस्तो मोटरबाटो मात्रै भइदिएको भए पनि कृष्णप्रसाद बसाइँ सरेर जाँदैनथे कि,' रामप्रसादले भने, 'मधेसमा भन्दा त गाउँमा दुख्खै हुन्छ नि ।'
अहिले कृष्णप्रसाद कोइरालाको घर मात्रै होइन, जग्गासमेत बाँकी नरहेको रामप्रसाद बताउँछन् । 'थुप्रै जग्गा भए पनि कृष्णप्रसादको सेवा गरेर बसेका घर्तीहरूले भोगचलन गरेका छन् त्यो जग्गा,' रामप्रसाद भन्छन् । पशुपतिको कोषको रकम खर्च गरेर दासप्रथाबाट मुक्ति पाएका घर्तीहरू (जो अहिले शिवभक्ति थर राख्छन्) उनीहरूले नै कृष्णप्रसाद कोइरालाले छाडेर गएपछि जग्गा भोगचलन गरेका रहेछन् । पछि नापी सुरु भएपछि जग्गा उनीहरूकै नाममा पास भएको दुम्जा गाविसका भूतपूर्व अध्यक्ष शम्भु दाहालले बताए । दाहालका अनुसार कृष्णप्रसाद कोइरालाको घर भने वर्षौंपहिले भत्किसकेको छ । 'घर त कहाँ बाँकी हुनु र,' उनले भने, 'संरक्षण नभएपछि पुरानो घर भत्किएर नयाँ बनाइएको छ ।' कृष्णप्रसाद कोइरालाको घरको भग्नावशेससमेत बाँकी नरहेको उनी बताउँछन् ।
बत्तीमुनिको अँध्यारो
नेपाली राजनीतिमा चर्चित अनुहारका पुख्र्यौली गाउँ भए पनि दुम्जालाई 'बत्तीमुनिको अँध्यारो' भन्छन् रामप्रसाद कोइराला । 'बाटो त आयो तर, अरू केही पनि विकास भएको छैन,' रामप्रसादले भने, 'अब त यसलाई बिपीहरूको पुख्र्यौली गाउँ हो भनेर भन्ने पनि कोही छैनन् ।' धेरै ठाउँमा नेताहरूले आफ्नो क्षेत्रलाई धेरै बजेट छुट्याएको सुनेका रामप्रसाद मात्रै होइन सुरुमै भेटिएका इन्द्रबहादुर विश्वकर्मा पनि कोइराला परिवारको पुख्र्यौली गाउँ भईकन पनि विकास नहुँदा नेताहरूले वास्ता नगरेको ठान्छन् ।
बनेपा-बर्दिबास
राजमार्गको आँपघारीबाट एक घन्टाभन्दा बढी उकाले हिँडेर पुगिने यो गाउँमा
खानेपानी, बिजुलीलगायतका पूर्वाधारहरूको अभाव रहेको पूर्वअध्यक्ष दाहालले
बताए । 'एउटा क्याम्पस भर्खर चल्न थालेको छ, तर त्यसलाई पनि पूर्वाधार र
जनशक्तिको अभाव छ,' दाहाल भन्छन्, 'खानेपानी, बिजुलीको समस्या त एकदमै जटिल
छ ।' रामप्रसादका अनुसार बिपी कोइराला यो ठाउँमा चारपटक आएका छन् । एकपटक
राणाहरूले पक्रेर काठमाडौं लैजाँदा बिपीलाई यही गाउँ हुँदै लगिएको
सम्झन्छन् उनी । त्यसपछि २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि तीनपटक आएको
सम्झिए उनले । 'हामी सरकारमा गयौँ भने यो गाउँका लागि केही गर्छु
भन्नुहुन्थ्यो बिपीले,' रामप्रसादले भने, 'तर, उहाँहरू सरकारमा धेरै बस्न
पाउनुभएन, विकास पनि आएन ।' बिपीकै कारण बनेपा-बर्दिबास राजमार्ग निर्माण
भएको बताउँछन् उनी । उनले यो क्षेत्रको दुःख देखेरै यो बाटो बनाउने निर्णय
गरेको रामप्रसादले बताए । भने, 'उहाँले भनेका सबै विकास नभए पनि बाटो भने
पछि भए पनि बन्यो ।' ०१६ सालमै बिपीले शिलान्यास गरेको यो राजमार्ग ०५० को
दशकमा मात्रै बन्न सुरु भएको हो । तर, अझै पूरै निर्माण भने भइसकेको छैन ।
बिपी यो गाउँमा आउँदा सबै गाउँलेहरू मिलेर भोज खाएको सम्झन्छन् रामप्रसाद । भन्छन्, 'सबै गाउँले मिलेर भोज खाने खाएका थियौँ, उहाँले त्यहाँ सबैसँग बसेर खानुभयो ।' बिपी एकदमै मिलनसार र गाउँलेहरूको उन्नति देख्न चाहने व्यक्ति भएको अनुभव रामप्रसादको छ । 'उहाँ निकै सरल हुनुहुन्थ्यो,' उनी भन्छन्, 'गाउँमा आएपिच्छे नै मेरो पुख्र्यौली गाउँको विकास गर्छु भन्नुहुन्थ्यो ।'
गिरिजा बोलेको पुर्याउँदैनन्
बिपी कोइरालाले तत्कालीन परिस्थितिअनुसार आफूले बोलेका कतिपय कुराहरू पूरा गर्न नसकेपछि गिरिजाप्रसाद कोइरालालाई भने 'बोल्ने, तर काम नगर्ने' व्यक्ति ठान्छन् स्थानीयवासी । बिपी तथा गिरिजाका पिता कृष्णप्रसाद कोइरालाको पुख्र्यौली ठाउँमा उनको सालिक बनाउने यहाँका गाउँलेको ठूलै धोको रहेछ । पटक-पटक कृष्णप्रसाद कोइरालाको सालिक निर्माणका लागि आवाज उठाए पनि अहिलेसम्म काम नभएपछि खिन्न छन् दुम्जावासी । पूर्वअध्यक्ष दाहालका अनुसार ०४६ सालमा प्रजातन्त्र आएपछि दाहालसहितको टोली पटक-पटक कृष्णप्रसाद कोइरालाको सालिकसहितको पार्क बनाउने योजना लिएर गिरिजाप्रसाद कोइरालाकहाँ पुग्यो । ०५४ सालको स्थानीय निर्वाचनको प्रचारका क्रममा पूर्वाञ्चलको भ्रमणपछि हेलिकोप्टरबाट र्फकंदै गर्दा आफ्नो पुख्र्यौली गाउँ हेर्न केहीबेर हेलिकोप्टर रोकेर गाउँमा ओर्लिएका गिरिजाप्रसादले सालिक र पार्क बनाउने योजनाको विस्तृत विवरण ल्याउन आग्रह गरेका थिए । 'उहाँले योजना बनाएर ल्याउनुस्, म सहयोग गर्छु भन्नुभएको थियो,' दाहाल भन्छन्, 'हामीले इन्जिनियर लगाएरै झन्डै ६० लाख रुपैयाँ खर्च हुने योजना बनाएर पेस गरेका थियौँ ।' तर, त्यसपछि न गिरिजाप्रसाद यो गाउँमा आए, न सीमित गाउँलेको जोडले नै यहाँ सालिक निर्माण हुन सक्यो । दाहाल भन्छन्, 'अहिले त सालिक बनाउने कुरा नै सेलाइसक्यो ।' कृष्णप्रसाद कोइरालाको सालिक बनाउन आग्रह गर्दै काठमाडौं धाएको सम्झने इन्द्रबहादुर विश्कर्मा त यो विषय निकाल्नेबित्तिक्कै आक्रोशित भए । भने, 'हामीले पहल गरेकै हौँ, तर उनका (गिरिजाप्रसाद) बाउको सालिक बनाउने उनैले चासो दिएनन्, हामीले मात्रै भनेर के हुन्छ ?' हुन पनि यो गाउँमा अब कृष्णप्रसाद कोइरालाको सम्झना गराउने केही कुरा बाँकी छैनन् । उनको घर भएको ठाउँमा अरूले नै घर बनाएर बसिसके । उनका जग्गाहरू अर्कैका नाममा पास भइसके । अनि उनको सम्झनामा निर्माण गर्ने भनिएको सालिक र पार्क निर्माणको कुरा ओझेलमा परिसक्यो । दाहाल भन्छन्, 'पुस्तौंसम्म कृष्णप्रसाद र बिपीको सम्झना गराउने हाम्रो प्रयास सफल हुन सकेन ।
गिरिजाप्रसाद कोइरालाले नसके अहिले मन्त्री भएकी उनकी छोरी सुजाताले यो योजनालाई ध्यान दिनुपर्ने बताउँछन् रामप्रसाद कोइराला । 'अब उहाँले सक्नुभएन भने उहाँका सन्तानले भए पनि सालिक बनाउनुपर्छ,' रामप्रसादले भने । उता, दाहाल भने सुजातालाई आफूले भेटेरै यो कुरा बताएको सुनाउँछन् । भन्छन्, 'उहाँ पनि सकारात्मक हुनुहुन्थ्यो, तर पछि चासै दिनुभएन ।' तैपनि अझै कृष्णप्रसादको सालिक निर्माण होला कि भन्ने आश भनेर मरिसकेको छैन उनीहरूको ।

साभार : नयाँ पत्रिका
सिन्धुली र बि पि को गाउँ
Reviewed by Nepalthok
on
5:57 AM
Rating:
No comments: