कुशेश्वर महादेव मन्दिरको ऐतिहासिक एवं साँस्कृतिक महत्व छ । आध्यात्मिक दृष्टिले मात्र होइन प्राकृतिक सौन्दर्यका हिसावले पनि कुशेश्वर क्षेत्रको आपुनै महत्व रहेको छ । कुशेश्वर महादेव मन्दिरको छेवैबाट बीपी राजमार्ग बनेपा-सिन्धुली-बर्दिबास सडक निर्माण भइरहेकाले कुशेश्वर उपत्यकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको छ । बनेपाबाट नेपालथोकसम्म दैनिक यातायात साचालन भएपछि कुशेश्वर महादेव मन्दिरको दर्शन गर्न जाने घुम्न जाने र पिकनिक जानेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । काठमाडौँबाट ८० किलोमिटरको दूरीमा रहेको कुशेश्वर क्षेत्र सुनकोसीको किनार र रोशी खोलाको दोभानमा रहेको छ ।काठमाडौँका आदिवासी नेवार जातिको एक सम्प्रदाय डङ्गोल र महर्जनहरुको कूल देवताका रुपमा रहेका कुशेश्वर महादेवको विकासका लागि गुरुयोजनासमेत तयार भएको छ । काठमाडौँमा रहेका डङ्गोलहरुको गुठीले यस्तो गुरु योजना तयार पारेको हो । तर कुशेश्वर क्षेत्रमा आपुनो नाम राख्ने उद्देश्यले जथाभावी निर्माण कार्य भइरहेको छ । यस विषयमा कुशेश्वर क्षेत्र सम्पदा संरक्षण र गुठी संस्थानले खासै ध्यान दिएको पाइदैन । ऐतिहासिक एवं साँस्कृतिक सम्पदाको निर्माण गर्दा पुरानो संरचनामा परिवर्तन गर्न पाइदैन । मन्दिरमा जथाभावी खोपेर नाम टाँसिएको छ । जथाभावी ढोका हालिएको छ । दीयो राखिएको छ । मन्दिर वरिपरी ऐना झुण्डाइएको छ । जसले मनलाग्यो उसले जे मन लाग्यो उही संरचना मन्दिरमा निर्माण गर्न मिल्छ ?त्यो अधिकार कसले दिनसक्छ ?मन्दिर परिसरमा दाताहरुले सहयोग गरेर भौतिक निर्माण गर्न सकिन्छ । पुनःनिर्माण पनि गर्न सकिन्छ । तर सम्बन्धित निकायको स्वीकृतिमा पुरातत्व विभागले तय गरेको मापदण्डका आधारमा त्यस्ता भौतिक संरचना निर्माण गर्नुपर्छ । अन्यथा कुशेश्वर महादेव क्षेत्रको पुरानो स्वरुप परिवर्तन हुने खतरा बढ्दै गएको छ ।
Reviewed by Nepalthok on 2:07 AM Rating: 5

No comments:

Powered by Blogger.