कुशेश्वर महादेवसँग केही क्षण
डा. तुलसी भट्टराई
१३-माघ-२०६४,आइतवार
(प्रा. केदार न्यौपाने, डा. कुलप्रसाद कोइराला, गजलकार ज्ञानुवाकर दीपक श्रेष्ठसमेत सातजनाको टोली बानेश्वरमा भेला भएर दुम्जा सिन्धुलीका निम्ति प्रस्थान गरियो। बनेपामा पुगेर माइक्रोमा चढ्यौं। ठूलो बसभन्दा माइक्रो सजिलो र छिटो हुन्छ। दीपक श्रेष्ठको अगुवाइमा हामीहरू यात्रा गर्दै थियौं।
० बनेपाचोकमा त्रिभुवन मुख छोपेर उभिएका छन्। अनि हातमा चाहिँ हँसिया हथोडा अंकित झन्डा बाँधिएको छ। त्यो पाषाण र मूर्तिले अनुहार छोपेर पनि झन्डा समातिदिनुपरेको छ। इतिहासको एउटा विचित्र कालचक्र हो यो। कुनै दिन त्यहीँ हातले पचासौं हजार जनताबीच सलामी लिएको थियो। जयजयकार ध्वनिले चारैतिर गुञ्जायमान हुने गर्थ्यो। आज समयले कोल्टे फेरेको छ।
० हो समय बलबान् हुन्छ। काललाई पनि चुनौती दिएर इच्छामरण पाएकाहरूसमेत ढलेका छन्। इतिहास हेर्दा ठूलठूला सम्राट् र चक्रवर्तीहरू थाहै नपाई समाप्त भएका छन्। नियति बलवान् हुने रहेछ।
“जब समयले कोल्टे फेर्छ। चक्रवर्ती दुर्योधन लड्छ। इच्छामृत्यु भीष्म मर्छ। पृथ्वीलाई हातमा तौलने रावण ढल्छ।”
० कवि विष्णुविभुको कविता पंक्ति सम्भि्कँदै हामी माइक्रोमा बसेर धुलिखेल पुगेर बीपी मार्गतिर प्रवेश गर्यौं । क्रमशः भकुण्डे, मंगलटार हुँदै बालुवा पुगेपछि हाम्रो त्यसदिनको यात्रा रोकियो।
० दीपक श्रेष्ठको घरमा दिउँसोको भोजन गरेपछि स्थानीय देवीस्थान निम्नमाध्यमिक विद्यालयस्थित धरणीधर स्मृति पुस्तकालयको प्रांगणमा भेला भइयो। धरणीधरको ११४ औं जन्मजयन्तीसम्बन्धी समारोह सम्पन्न गरेर केहीबेर पुस्तकालयमा विश्रामपछि त्यहीं विद्यालयपरिसरमा वृक्षारोपण गरियो।
० जागजाग अब जाग न जाग, लाग उन्नतिबिसे अब लाग। घोर नीद अब ता परित्याग, भो भयो अति सुत्यौ अब जाग।
धरणीधरले ८० वर्षअघि जनचेतना जगाउन रचेको/गाएको जागरण कविता आज पनि सान्दर्भिक छ। डा. कुलप्रसाद कोइराला र प्रा. केदार न्यौपानेले धरणी महिमा चर्चा गरेर श्रोताहरूलाई स्मरण दिलाउँदै थिए। चिया खाएर हामीहरू कुशेश्वर महादेवस्थानतिर लाग्यौं।
आठ, नौजनाको टोली गफ गर्दै। रोसीखोलाको तिरैतिर नेपाल थोक पुग्यौं। गाडीको बिसौनीस्थल रहेछ– यो नेपालथोक। त्यहाँभन्दा उता बाटो बनेको छैन। हिउँदमा रातमाटेसम्म साना जिपहरू धुलेबाटोबाट लाने गरिन्छ। सिन्धुली हुँदै बर्दिवास पुग्ने यो मार्ग २०१६ साल अर्थात् बी.पी. कोइरालाको प्रधानमन्त्रीत्वकालमा नै उद्घाटन भएको थियो। ५० वर्ष पुग्न लाग्दा पनि पूरा भएको छैन।
० नेपालथोक अर्थात् बस, ट्रक र अन्य सवारीसाधनको बस र बिसौनी थलो त्यहीँ भएकाले छाप्राछाप्री बजार भने निकै फस्टाएको रहेछ। रोसी र कोसीको बगरफाँटे दोभान। केही पर कोसीकिनारामा कुशेश्वर महादेव मन्दिर। चहलपहल निकै हुने ठाउँ बनेको छ यत्तिबेला– यो नेपालथोक साँच्चै नै नेपालहरूको बाहुल्य भएको थोक–खानी–भएर नाम रहेको हो कि कसो! कतैकतै अन्यत्र पनि थरसँग जोडिएका ठाउँ हुन्छन्। यहाँ त्यति धेरै त छैन्। आठदस घरमात्र छन् नेपालहरू /त्यो पनि रूपटारतिर बस्छन्। पहिलेपहिले बस्थे होला यी पनि कोइरालाहरूले नै ल्याएर बसाएका हुन्छ। बिर्ता चाहिँ होइन। यताको भूभाग प्रायः ज्वाईं, भाञ्जा–भाञ्जी कोइरालाहरूकै थियो। करिब तीन सय वर्ष अघिदेखिको बिर्ता।
भाइहरू रमेश नेपाल र शिव नेपालसँग कुराकानी हुँदैथियो। अर्जुन खड्काले पनि विभिन्न प्रसंगहरू जोडेर सुनाए।
० नेपालथोकबाट रातमाटा–झाँगोझोली खुर्कोट खनियाखर्क, सिन्धुली हुँदै बर्दिबास पुग्न एक सय किमिमात्र छ। यसमध्ये ३० किमि जति बाटो बन्न बाँकी छ। यो बाटो बन्नेबित्तिकै काठमाडौं–जनकपुर पाँचघण्टा जति लाग्छ। विराटनगर सात घण्टामा पुग्न सकिन्छ। यति छोटो बाटो किन नबनेको होला। पूर्वतिरको सम्पूर्ण यात्रा कति छोटिन्थ्यो। समय, इन्धन र अन्य खर्चहरू कति जोगिने थियो। यसतर्फ नेपाल निर्माण र विकासको ठेक्का लिनेहरूले किन ध्यान नदिएका होलान्। यसमा एउटा ठूलो रहस्य भरिएको छ इतिहास र वर्तमानसमेतमा यसले रहस्यबाट मुक्ति पाउन सकेको छैन।
० नेपालथोकमा उभिएर नेपालको वर्तमान स्थिति, नेतृत्वको अदूरदर्शिता र अन्य विभिन्न विषयमा कुरा गर्याक थियौं। तर, यो प्रसंग लिपिबद्ध गर्ने बेलामा एउटा सुखद समाचार छापिएको भेटें।
“नेपालथोक–खुर्कोट खण्डको बाटो निर्माणका लागि सम्झौता गर्न जापानी टोली नेपाल आएको छ। जापानले तीन वर्षभित्रै यो बाटो निर्माण गरेर धुलिखेलबाट सुरु भएको बी.पी.मार्ग बर्दिबाससम्म जोडिन सक्नेछ।”
कुशेश्वर महादेव स्थान पुग्यौं। अर्जुन खड्काको नेतृत्वमा प्रा. केदार न्यौपाने डा. कुलप्रसाद कोइराला, मधुसूदन रायमाझी, शिव नेपाल, रमेश नेपाल....। रोसी र कोसीको दोभानस्थित विशाल फाँट। कोइराला बिर्ता उहिलेको र हजारौं मुरी धान फल्ने इलाका। तर यतिबेला सबै बगर बनिसकेको। विचरा कुशेश्वर महादेव चारैतिरबाट नदीकटान हुँदै आएको कारण बीचमा घेरिएर बसेका रहेछन्। असुरक्षित भइसकेको रहेछन् महादेव पनि।
“महादेव भएका कारण मात्र यतिन्जेल यो सानो थुम्को परेर अडिएको छ। यो पनि उहिल्यै कटान भइसक्ने थियो।
“यो ठाउँ मार्कण्डेय, विश्वाभित्र र नेमुनिजस्ता ऋषिहरूले तपस्या गरेको साधनाभूमि हो। ब्रम्हाजी स्वयंले तपस्या गरेर यी आदिलिंगस्वरूप महादेव उत्पत्ति भएको भन्ने पौराणिक कथा छ।
० कुशिक नामका ऋषिले तपस्या गरेर महादेवलाई प्रसन्न पारेका कारण कुशस्थान नाम रहन गएको थियो। त्यसैबाट कुशेश्वर भनियो। अर्को भनाइ छ– यस क्षेत्रमा ठूलो कुशघारी थियो। यहीको गौचरन क्षेत्रमा एउटी गाईले सधैं दूध चढाउँथिन्। अनि त्यहाँ के रहेछ भनेर खोज्दा महादेवको ज्योतिलिंग पाइयो। अनि कुशघारीभित्र भेटिएको शिवलिंग स्थापना भएकाले कुशेश्वर नाम भयो। यी कुरा प्राचीन र पौराणिक हुन्।
० यता सोह्रौं शताब्दीका दण्डीबाबाले भक्तपुरे राजाबाट ताम्रपत्र बकस लिई कुशेश्वरको पुनरुद्धार गरेको भन्ने अभिलेख पाइएको छ। त्यसैगरी वि.सं. १८३६ जेठ १० गतेका दिन तात्कालीन महारानी राजेन्द्रलक्ष्मी आएर पूजाअर्चनासहित गुठी सञ्चालन र जीर्णोद्धारको व्यवस्था मिलाएको कुरा उल्लेख छ।
मकवानपुरे सेन राजाबाट दामोदर कोइरालाले यो क्षेत्र बिर्ता पाएर यहाँ आएपछि उनले पनि यस मन्दिरको पूजाआज र गुठी बन्दोबस्त मिलाएका थिए। मन्दिर अगाडि दुम्जाको फेदीमा आज पनि कोइरालाको देउतीथान भनेर सुरक्षित छ।
० मन्दिरको आजको स्वरूप निर्माण गर्ने काम भने गोपालदास बाबाबाट भएको थियो। उनी वि.सं. १९९६ मा तीर्थाटन गर्दै यहाँ आइपुगेर आफ्नो साधनास्थल बनाएर यो क्षेत्र बन्जर अवस्थामा पुगिसकेको देखेर उनले ठूलो परिश्रम गरेर पुनर्निर्माण गरे। २००२ मा विशाल रुद्री महायज्ञ गराएर यस क्षेत्रको आध्यात्मिक ज्योति जगाउने काम गरेका थिए। यहाँ २०१८ मा विश्वशान्ति महायज्ञ गरियो। छ महिनासम्म त्यो महायज्ञ चलेको थियो। त्यसपछि बाबा समाधिमा लीन भएपछि पनि यता पुजारी र भक्त बाबाहरू बसेर महादेवको नित्य पूजाअर्चना गर्दै आएका छन्। शिवरात्रि, बालाचर्तुदशी र अन्य विशेष पर्वहरूमा यहाँ निकै ठूलो मेला लाग्ने गर्छ। यतिबेला 'सनातन धर्मसेवा समिति' दुम्जा शाखाले पनि केही कामहरू गर्दै आएको छ। अर्को महत्त्वपूर्ण कुरा–भक्तपुर र पाटनका करिब छ, सात सय घरपरिवारले यस तीर्थलाई आफ्नो कुलदेवताका रूपमा मान्दै आएका छन्। त्यसरी पनि यहाँ भक्तजनहरूको चहलपहल भइरहन्छ।
० यही तीर्थस्थलमा जन्मिएका कुशेश्वर मिश्रले स्थापना गरेको गुठीबाट यहाँको दैनिक पूजा चलिरहेको छ। त्यस्तै दीर्घराज कोइरालाले पनि यसको संरक्षणका लागि ठूलो योगदान दिएका छन्। समयसमयमा केही ठूलाबडा मन्त्रीहरू पनि आइपुग्ने गर्छन्। यही दुम्जाका कृष्णप्रसादका तीन–तीनजना छोरा प्रधानमन्त्री छन्। मन्त्री भएका छन्। तर उनीहरूकै बिर्ताभित्रका देउता कुलदेउता कुशेश्वर महादेवको बासस्थान भने यस्तो दुरावस्थामा छ। यति ठूलो तीर्थस्थल अब केही वर्षमा नदीले बगाइसक्नेछ। नदी कटान रोक्नुपर्ने प्राथमिक उद्देश्य हुनुपर्नै। त्यसतर्फ कसले ध्यान देला। यो एउटा विचारणीय चिन्तनीय कुरा छ।
आध्यात्मक चिन्तनतिर विशेष सक्रिय, समाजसेवी अर्जुन खड्का आफ्नो गुनासो पोख्तै भन्छन्। हामी सुन्दैछौं।
० सुनकोसी पुगेर हात मुख धुँदै गर्दा–नदीको महात्म्य पनि सुन्न पाइयो। सुनकोसीको प्राचीन नाम स्वर्ण कौशिकी हो। हरिणेश्वर पर्वत कालिञ्चोकबाट निस्किएको यस नदीले स्वर्ण सुन बगाएर ल्याउने हुँदा यो नाम रहन गयो। अर्को कुरा यही पर्वतमा पार्वतीले भ्रमण गरेका बेला अचानक पहंेलो सुनजस्तो पसिना आयो। अनि त्यो पसिना बगेर यस खोलाको जन्म भयो। अनि यो नाम रहन गयो।
० अत्यन्त पवित्र नदी मानिन्छन् यी स्वर्ण कौशिकी। उता पारिपट्टि विश्वामित्रको तपोकेन्द्र गुफा छ। विश्वामित्र गुफा भनिन्छ। यो गुफा निकै ठूलो छ।
यस देवस्थल र वरपर प्राचीन ऋषिमुनि, देवदेवीहरूको बसोबास पनि हुने भएकाले पुण्यभूमि हो। तर यतिबेला भने जीर्ण अवस्थामा पुगेको छ यस देवस्थलका भवन र मन्दिरहरू। प्रतीक्षा छ कुनै दाता र भक्तको। हामीहरू अँध्यारो भएपछि मात्र फर्कियौं। नेपालथोकको प्रधान होटेलमा बसेर ज्ञानुवाकरजी गजल चिन्तन गर्दै थिए।
“मैले त भनिदिएँ महादेव कुशेश्वरलाई, तिमीलाई सम्झेर यहाँसम्म आएँ अब जाँगर छैन तिमीछेउ आउनलाई। म गजलरसमा चुर्लुम्म डुबेर पनि सम्भि्करहेछु तिमीलाई। देवीदेवताका मन्दिर धाउन अब फुर्सत छैन मलाई। तिमी त अन्तर्यामी हौं मजस्ताको पनि गर्छौ भलाइ। ”
ज्ञानुवाकरका गजलसँगै दीपकको घर बालुवातिर फर्किंदै थियौं। अँध्यारो भने निकै छिप्पिसकेको थियो।

Reviewed by Nepalthok
on
11:21 PM
Rating:
No comments: