धार्मिक पर्यटकीय केन्द्र - कुशेश्वर महादेव
दीपक श्रेष्ठ
काठमाडौ, । काठमाडौबाट १८ कोश अर्थात् करिब ८३ किलोमिटर पूर्वमा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महìवपूर्ण, मनोरम आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर रहेको छ । तथापि, प्रचार एवं सम्बन्धित निकायको बेवास्ताका कारण सो स्थान ओझलमै परेको छ ।
निर्माणाधीन बनेपा-सिन्धुली-बर्दिबास बी.पी.राजमार्ग सोही स्थान हुदै गएकाले पर्यटकीय स्थलको रूपमा पनि विकसित हुदैगएको कुशेश्वर महादेवको धार्मिक महìवबारे हिमवत्खण्डमा विस्तृत व्याख्या गरिएको पाइन्छ । हिमवत्खण्डका आधारमा पनि कुशेश्वर महादेव क्षेत्रलाई एउटा महान् तीर्थस्थल, धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक धरोहरको रूपमा लिनसकिन्छ ।
सुवर्णकौशिकी अर्थात् सुनकोसीको किनार र रोशीखोला -लीलावती, रोहमती) को दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ । रामेछाप, काभ्रे र सिन्धुली जिल्लाको सङ्गमस्थलमा रहेको कुशेश्वर महादेव सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउ विकास समितिमा पर्दछ । उत्तरतर्फ रामेछापको मनोरम प्राकृतिक सौन्दर्ययुक्त सुनापति पहाड, पश्चिममा काभ्रेको तिमालडाडा र दक्षिणमा महाभारत पर्वतशृङ्खलाले घेरिएको सुनकोसीको मैदानी उपत्यकामा आदिलिङ्ग कुशेश्वर महादेवको बाहेक दुर्गाघाट, विश्वामित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा, प्रसिद्ध खैरेनीघाट, मनोरम गजुलीदहलगायत ऐतिहासिक एवम् धार्मिक स्थलहरू रहेको छन् । साहित्यकार शङ्कर कोइरालाले आˆनो प्रसिद्ध सामाजिक उपन्यास 'खैरेनीघाट' मा यसै क्षेत्रको मेलापर्व, सामाजिक परिवेश, माझी जातिको रहनसहनलाई समेट्नुभएको छ ।
हिमवत्खण्डमा वणिर्त ६४ लिङ्गहरूमध्ये सबैभन्दा पहिला दर्शन गर्नुपर्ने आदिलिङ्ग कुशेश्वर भएको बुद्धिजीवी एवम् समाजसेवी अर्जुनकुमार खड्का बताउनुहुन्छ । हिमवत्खण्डका अनुसार ब्रहृमाजीले विश्वसृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले यसलाई आदिलिङ्ग भनिएको हो ।
सुनकोसीको किनारमा उत्तरतर्फ विश्वामित्रको गुफा अद्यपि कुशेश्वर क्षेत्रमा देखिन्छ । विश्वामित्रको तपोबल यसै ठाउामा बढेको हो भन्ने श्लोक हिमवत्खण्डमा लेखिएको छ । हिमवत्खण्डकै अ.८९ श्लोक ६० कथनअनुसार ब्रहृमाले विश्व सृष्टिका लागि तपस्या गर्दा उत्पन्न लिड्ढ नै आदिलिङ्ग हो । हिमवत्खण्डअनुसार दुम्जा बेसीस्थित सुनकोशी र रोसीको सङ्गमलाई दुर्गातीर्थ भनिन्छ । आदिलिङ्ग कुशेश्वरको पूजा, दर्शन र हवन गरेमा एवं दुर्गातीर्थमा पितृहरूको श्राद्ध गरे २१ पुस्तादेखिका सबै पापबाट मुक्त भइन्छ भन्ने हिमवत्खण्डमा उल्लेख गरेको पाइन्छ ।
नेपाल संवत् ८९१ मा भक्तपुरे राजा जगज्जय मल्लले कुशेश्वर महादेवको भक्ति आराधनाले राज्य सिंहासन पाएको शिलालेखमा उल्लेख गरिएको छ । राजा भएपछि कुशेश्वर महादेव मन्दिरमा पछिसम्म पूजा चलाउन विभिन्न दण्डी बाबा मार्फत झागाझोली खहरेको 'सिमले बुा' भन्ने खेत ५६० मुरी र फलफूल बारीको व्यवस्था गरिदिएको पनि शिलालेखमा पाइन्छ । स्थानीय बुढापाकाका अनुसार सिन्धुली जिल्लाको झागाझोली सन्यासी गाउको बारी र पाखोसमेत गुठी राखी ताम्रपत्रसमेत गरी दिई सो ताम्रपत्र बमोजिमको गुठी कमाई नित्यपूजा चलाउन गिरी खानदानका बाजे बलभद्र गिरीलाई जिम्मा लगाइएको थियो । विक्रम संवत् १८६२ मा पाच सय मुरी खेत रेकर्ड भयो । वि.सं. १८३६ मा राजेन्द्रलक्ष्मी देवी शाहबाट 'श्री कुशेश्वर नाथमा दुमजेश्वरी' अङ्कित चादीको बेलपत्र चढाएको शिलालेखमा उल्लेख छ ।
त्यसैगरी वि.सं. १९९६ मा तनहुका बालब्रहृमचारी श्री १०८ परमहंस बाबा गोपाल दास तीर्थाटन गर्दै कुशेश्वर महादेवस्थान दुम्जा आइपुग्नुभयो । उहाले बेवारिसे अवस्थामा रहेको झागाझोलीको गुठी सुधार गरी दुम्जामानै ६० मुरी खेत गुठीको व्यवस्था गर्नुभएको थियो । उहाले नै मन्दिरको जीर्णोद्धार, यज्ञशालाको निर्माण, बगैंचाको व्यवस्था, पुजारी र बगैंचा सुसारेको बन्दोबस्त गरिदिनुभएको स्थानीय बुढापाकाहरू बताउछन् ।
आजभन्दा लगभग ४०० वर्षअघि दुम्जामा बसोवास गर्ने दगु -डङ्गोल) परिवारको कुल देवता कुशेश्वरनाथ भएकोले पनि दुम्जा बसोवासको हिसाबले पुरानो बस्ती हो भन्ने थाहा लाग्छ । राजा महेन्द्र मल्लको पालामा दुम्जाबाट काठमाडौ झकिई पशुपतिलगायत गुठीका जग्गा नाप्न लगाएपछि नै उनीहरूलाई डङ्गोल भन्न थालिएको इतिहासमा उल्लेख छ । काठमाडौमा नै बिर्ता दिएर राखिएका डङ्गोलहरूले टेकूमा कुशेश्वर महादेवको स्थापना गरी पूजाआजा गर्दैआएका छन् । काठमाडौंका आदिवासीका रूपमा रहेका डङ्गोलहरूले दुम्जास्थित कुशेश्वर महादेवस्थानको विकासमा चासो राख्दै आएका छन् । यो महान् धार्मिकस्थलमा शिवरात्री, बालाचतुर्दशी, तीज, ठूलो एकादशी, रामनवमी, कृष्ण जन्माष्टमी र पौषे श्राद्ध तर्पणमा ठूलो मेला लाग्छ । कुशेश्वर महादेव स्थानमा दोलालघाटबाट सुनकोसीमा र्याप\mटिङ गर्दै पनि पुग्न सकिन्छ । धार्मिक चाडपर्वको साथै कुशेश्वर क्षेत्रमा काठमाडौ, बनेपालगायत क्षेत्रबाट पिकनिक, म्युजिक भिडियो छायाङ्कन र घुमघामका लागि पुग्नेहरूको क्रम पनि बढ्दै गएको छ । बनेपाबाट धुलिखेल, भकुण्डेबेंसी, कटुञ्जेहुादै रोशी खोलाको तिरैतिर ५१ किलोमिटरको बस यात्रापछि कुशेश्वर क्षेत्र -नेपालथोक) पुग्न सकिन्छ ।
ऐतिहासिक कुशेश्वर मन्दिरलाई सुनकोसी र रोशीखोलाको कटानबाट संरक्षण गर्नुपर्ने भएको छ । उत्तरतिरबाट सुनकोशीले कटान थालेको छ भने रोशीले समेत दायाबायाबाट कटान गरिरहेको छ । बेलैमा उक्त मन्दिरको संरक्षणमा ध्यान नदिने हो भने ऐतिहासिक सम्पदाको लोप हुनसक्ने खतरासमेत रहेको छ ।

Reviewed by Nepalthok
on
11:25 PM
Rating:
No comments: