दुम्जा, सिन्धुली माघ २६ गते । जागरण कवि धरणीधर कोइरालाको ११९ औं जन्मजयन्ती उहाँकै जन्मस्थल दुम्जामा साहित्यिक गोष्ठीसाथ मनाइएको छ ।कवि धरणीधरको गाउँ दुम्जामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले निरंकुशताको बिरुद्ध कविता लेख्ने र भाषा साहित्य शिक्षाको सेवामा निरन्तर लागिरहने जागरण कवि धरणीधरलाई राज्यले कहिल्यै सम्मान दिन नसकेको बताउनुभयो ।वरिष्ठ गजलकार ज्ञानुवाकरले स्व।धरणीधरको घरलाई राज्यले खरिद गरेर स्मारकको रुपमा विकास गर्नुपर्नेमा जोडदिँदै स्थानीयस्तरमा पनि सर्जक र स्रष्टालाई सम्मानित गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।धरणीधर स्मृति पुस्तकालय दुम्जाद्वारा आयोजित कार्यक्रममा युवा गजलकार राबत नेकपा एमाले सिन्धुली जिल्ला कमिटीका सदस्य कौशल कोइराला कुशेश्वर विद्यापीठ उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कोइराला कुशेश्वर बहुमुखी क्याम्पसका प्राचार्य बदि्र मैनाली दुम्जा गाविसका पूर्व अध्यक्ष उद्धवप्रसाद कोइराला शम्भु दाहाल देवीस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर कोइराला सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष शिव नेपाल समाजसेवी डा। माधवप्रसाद न्यौपाने विनोद कोइराला शिक्षक बच्चुप्रसाद कोइराला धरणीधर स्मृति पुस्तकालयका अध्यक्ष दीपक विहीनलगायतले नेपाली साहित्यमा धरणीधर कोइरालाले पुर् याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।सो अवसरमा आयोजित साहित्यिक गोष्ठीमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल गजलकार राबत धवाङ स्याङतानलगायतले कविता एवं गजल वाचन गर्नुभएको थियो ।
दुम्जामा जागरण कवि धरणीधर कोइरालाको ११९ औं जन्मजयन्ती
Reviewed by Nepalthok
on
4:25 AM
Rating:
No comments: