आदिलिङ्ग कुशेश्वर महादेव -सिन्धुली जिल्लाको दुम्जा गाविसस्थित प्रसिद्ध मन्दिर ।) को संरक्षण समितिको नयाा कार्यसमिति चयन भएको छ । माधवप्रसाद न्यौपानेको अध्यक्षतामा गठित नया समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रमेशकुमार श्रेष्ठ, दीपक श्रेष्ठ, तिलककुमार श्रेष्ठ हुनुहुन्छ । यस्तै, सदस्यहरुमा बलराम कोइराला, दुधराज पुलामी, उपेन्द्र कोइराला, गोविन्द रायमाझी -राजन) र दुर्गा मैनाली हुनुहुन्छ ।
सिन्धुली जिल्लामा अवस्थित सो मन्दिर सिन्धुली, रामेछाप र काभ्रे जिल्लाको त्रिकोणमा पर्दछ । रोशीखोलाको दोभान र सुनकोशीको किनारमा रहेको सो मन्दिरमा आन्तरिक पर्यटकहरुको चाप बढ्दै गएको छ । काठमाडौ, बनेपालगायत स्थानबाट बनभोज, घुमघाम र कुशेश्वर दर्शनका लागि पुग्ने भक्तजनहरुको चापलाई ध्यानमा राख्दै स्थानीय तहमा होटल, लज खुल्ने क्रम पनि बढ्दै गएको छ । कुशेश्वर मन्दिर परिसरमा धार्मिक एवं जडिबुटीको दृष्टिले महत्वपूर्ण विरुवा यही असार-साउनमा रोप्ने कार्यक्रम रहेको छ । सो प्रयोजनका लागि विरुवा उपलब्ध गराउन चाहनेहरुले सम्पर्क गर्नुहोला । फलफूल, फूल, रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन, बेल, सुपारी, नरिवलजस्ता विरुवा रोप्ने कार्यक्रम छ । कुशेश्वर क्षेत्रलाई हरियाली बनाउने अभियानमा सबैको साथ आवश्यक छ । कुशेश्वर मन्दिर उत्तरतर्फ सुनकोशी किनारमा पिपल र वरको विरुवा रोप्ने कार्य पनि कार्यसमितिका कोषाध्यक्ष तिलककुमार श्रेष्ठको नेतृत्वमा गजुलीदहबजारका युवाको सहभािगतामा हालै सम्पन्न भएको छ । मन्दिरको भित्री पर्खाल भत्किएकोमा सो पुनःनिर्माण पनि सम्पन्न भएको छ । मन्दिरको उत्तरतर्फको बरबोटमा चौतारा निर्माणको कार्य पनि थालिएको जनाइएको छ । मन्दिर घेराबेराका लागि पर्खाल लगाउने कार्य पनि अन्तिमचरणमा पुगेको छ ।
Reviewed by Nepalthok
on
5:29 AM
Rating:
No comments: