ओझेलमा कुशेश्वर
निर्मलकुमार
आचार्य
बेफ्वाँकका भाषण गर्न छाडेर अध्यात्म पर्यटन विकासतर्फ मात्रै
लाग्ने हो भने पनि मुलुकको कायापलट हुन बेर लाग्ने छैन । विश्वका अधिकांश
देश विकासको बाटामा बुर्कुसी मार्दै लम्कँदा पनि हाम्रो चेत खुलेको छैन र त
‘काम कुरो एकातिर, कुम्लो बोकी अन्तैतिर’ भने झैं पछ्यौटेपनमै रमाइरहेका
छौं ।
मुलुकभित्र अनेक धार्मिक, सांस्कृतिक स्थल छन्, जहाँ विश्वभरिकै हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्नसकिन्छ । त्यस्ता सम्पदामध्ये पशुपतिनाथ, लुम्बिनी, बौद्धनाथ, स्वयम्भू, जनकपुर, मुक्तिनाथ, वराहक्षेत्र, स्वर्गद्वारी, पाथीभरा, गोसाइँकुण्ड, हलेसी, त्रिवेणीधाम, देवघाट, मनकामना आदि चर्चित छन् भने चर्चाको संसारमै नआएका प्राचीन गौरवशाली मन्दिर पनि कम छैनन् । तीमध्ये सिन्धुली जिल्लाको दुम्जामा पर्ने कुशेश्वर क्षेत्र पनि एक हो ।
काठमाडौंबाट जम्मा ८३ किलोमिटरको दूरीमा रहेको भए पनि कुशेश्वर क्षेत्रप्रति सम्बन्धित निकायको चाहिंदो आँखा नपर्नुलाई आश्चर्यकै विषय मान्नुपर्छ । प्रचार, प्रसारको कमीले गर्दा कुशेश्वर मन्दिर लगायतका महत्वपूर्ण सम्पदा ओझेलमा परेका छन् । बाटोघाटोको सुविधाले भक्तजनको संख्या केही बढाएको देखिए पनि थाहै नपाएकालाई जानकारी दिने उपयुक्त प्रबन्ध छैन । यसले गर्दा काठमाडौंबाट हलेसी जाने, आउने अधिकांश श्रद्धालु भक्तजन समेत बाटामा पर्ने कुशेश्वर क्षेत्रबारे अनभिज्ञ रहन विवश छन् ।
यतिखेर यस पंक्तिकारले सहसञ्चारकर्मी दीपक श्रेष्ठलाई धन्यवाद दिनैपर्छ । हलेसी दर्शन गर्न जानलागेको बताउँदा उहाँले ‘बाटामा पर्ने कुशेश्वर मन्दिर अवश्य पुग्नुहोला’ नभन्नुभएको भए पक्कै यात्राक्रममा एउटा महŒवपूर्ण अवसर गुम्ने थियो । बिहान जलपानका निम्ति दुम्जामा गाडी रोक्दा ‘हामी एकछिन्मा आउँछौं’ भनी लम्किएर नजिकैको कुशेश्वर मन्दिर पुगी त्यहाँको विशेषता आकलन गर्न उहाँकै आग्रहले सम्भव बनेको हो ।
ब्रह्माले विश्व सृष्टिका निम्ति तपस्या गर्दा उत्पत्ति भएको लिंग नै आदिलिंग कुशेश्वर महादेव भएको जानकारी पाउँदा जोसुकैको मन उत्साहित तथा हर्षित हुनु स्वाभाविक हो । पौराणिक ग्रन्थहरूमा कुशेश्वर महादेव स्थानबारे उल्लेख छ । कुशेश्वर महादेव स्थान संरक्षण समितिका अध्यक्ष तथा सनातन धर्म सेवा समितिका उपाध्यक्ष माधव न्यौपानेका अनुसार मार्कण्डेय तथा विश्वामित्र ऋषिले यहीं तपस्या गरेका थिए ।
विश्वभरि छरिएर रहेका ६४ शिवलिंगमध्ये आदिलिंग कुशेश्वर महादेव भएको उल्लेख हिमवत्खण्ड उपपुराणमा पाइन्छ । आदिलिंगको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । पुराकालमा शुम्भ, निशुम्भ राक्षसले कौशिकी (सुनकोशी)मा स्नान गरी शिवको आराधना गरेर उनलाई प्रसन्न तुल्याई स्त्रीजातिबाहेक अरूबाट नमर्ने वरदान पाएका थिए । अहंकारी शुम्भ, निशुम्भका पापाचारबाट दिक्क भएका देवी, देवताले यही कुशेश्वर लिंगमा पूजाआजा गरेपछि शिव प्रसन्न भई भगवती पुकार्दा अठार हात भएकी देवी आफ्नो वाहनसहित सुनकोशी नदी किनारमा प्रकट भएकी हुन् । यो ठाउँ अहिले दुर्गाघाट नामले प्रसिद्ध छ । भगवती दुर्गाले शुम्भ, निशुम्भको बध गरेपछि देवी, देवता खुशी भएको उल्लेख पुराणमा पाइन्छ । शुम्भ, निशुम्भको बध गरी भगवतीले खाँडो
(एक प्रकारको तरवार) पखालेको डाउँ दुर्गाक्षघाट हो भने खाँडो गाडेको ठाउँ चाहिं रामेछाप जिल्लाको खाँडादेवीमा छ, जहाँ वर्षेनि ठूलो मेला लाग्दै आएको छ । खाँडादेवीमा खाँडो गाडी भगवती दुर्गा दोलखाको कालिन्चोकमा पुगेर अलप भएको हिमवत्खण्ड उपपुराणमै उल्लेख रहेको भनाइ अध्यक्ष न्यौपानेको छ ।
कुशेश्वर दुर्गाक्षघाटमा ऋषिमुनिले तपस्या गर्दै आएको हुँदा यसलाई अत्यन्तै पुण्यभूमि मानिन्छ । सुवर्ण कौशिकी र नीलावती रोशमतीको संगममा स्नान गर्नाले ठूलो फल पाइने र कुशेश्वर मन्दिर क्षेत्रमा पितृश्राद्ध आदि गर्दा पितृको उद्धार हुने कथन छ ।
कौशिकेश्वर शब्द अपभ्रंश भई कुशेश्वर भएको एकथरी भनाइ छ भने अर्काथरीका अनुसार यहाँ कुशको घारी भएकाले कुशेश्वर महादेव भनिएको हो । समुद्र मन्थनका बेला अमृत घडा यहाँ पनि छचल्किएकाले आदिकालमा कुम्भमेलाको आयोजना गरिन्थ्यो भने कालान्तरमा त्यो रोकिनपुग्यो । यसपालिदेखि फेरि यही चैत १७ गते शुरु गरी आउँदो बैशाख २५ गते समापन हुने प्रथम कुशेश्वर महादेव कुम्भ मेला (१२ वर्षे) सञ्चालन गरिएको छ । कुशेश्वरको प्रथम स्थापना कुशध्वजले गरेको बताइन्छ भने हाल रहेको अर्वाचीन मन्दिर चाहिं गोपालदास बाबाले बनाएका हुन् । कुशेश्वर क्षेत्र वरिपरि विभिन्न महŒवपूर्ण स्थल छन् । सुनकोशीपारि रहेको विश्वामित्र गुफा, सुनपती स्थान, भालुखोलाकी सेतीदेवी, पञ्चकन्या देवी, मनोकामना पूरा गर्ने थानापति महादेवस्थान, गाईखुरा महादेव ढुंगामा गाई र खुर तथा पञ्जाको चिन्ह भएको तिमाल डाँडा, वेदव्यासको जन्मस्थल मानिने लुभु नभुघाट आदि उल्लेख्य रहेको स्थानीय बासिन्दा जनाउँछन् ।
पुराण, इतिहास तथा किम्बदन्तीका आधारमा कुशेश्वर महादेव स्थान अत्यन्तै प्राचीन थलो भएकामा शंका रहँदैन । मल्लकालीन सभ्यतादेखिकै शिलालेख आदिले यसको ऐतिहासिकता पुष्टि गरेका छन् । विभिन्न पुराण, उपपुराण आदिमा वर्णित कुशेश्वर क्षेत्रको व्यापक प्रचार, प्रसार अपरिहार्य छ भने मन्दिरको जगेर्नाका निम्ति बृहद् पहल आवश्यक छ । खासगरी रोशी र सुनकोशीको बाढीबाट यसलाई बचाउन तटबन्ध, मार्ग आदिको प्रबन्ध जरुरी छ । धार्मिक पर्यटकको सरसुविधाका निम्ति स्तरीय धर्मशाला अपेक्षित छ ।
कवि धरणीधर कोइरालाको जन्मस्थल ‘दुम्जा’ मातृका, विश्वेश्वर, गिरिजा आदिका पिता कृष्णप्रसाद कोइरालाको पनि मातृभूमि हो । यहींबाट चन्द्रशमशेरको शासनकालमा उनी मोरङतर्फ झरेका हुन् । यो सुखद संयोगलाई दुम्जावासी गौरवको विषय ठान्छन् । दुम्जाको विशेष पहिचान गरिमामयी कुशेश्वर क्षेत्र रहेकाले यसको संरक्षण, संवद्र्धननिम्ति यहाँका बासिन्दामा अनौठो छटपटी रहेको छ, यसलाई समुचित सम्बोधन गर्न राज्य पछि पर्नुहुँदैन ।
अध्यात्म पर्यटनको नारा, भाषण र योजनालाई कार्यान्वयनको जामा पहि¥याउन ढिलाइ नगर्ने हो भने कुशेश्वर क्षेत्रप्रति अविलम्ब ध्यानाकर्षण हुनैपर्छ । स्वदेशबाहेक भारतलगायत विश्वभरिकै हिन्दूमाझ आदिलिंग कुशेश्वरबारे जानकारी पु¥याउनसकिएमा ठाउँ, ठाउँबाट भक्तजनको ओइरो लाग्नेछ भने यसबाट मुलुकको अर्थतन्त्र उकास्नसमेत मद्दत पुग्नेछ ।

साभारः गाेरखापत्र दैनिक, चैत २८ गते शुक्रबार
ओझेलमा कुशेश्वर
Reviewed by Nepalthok
on
11:40 AM
Rating:
No comments: