आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरमा आइतबार राति दुईवटा दानपेटी पुन चेारिएकेा छ । कुशेश्वर दुम्जा गाविसस्थित सुनकेाशीकेा तिर र रेाशी खेालाकेा देाभानमा रहेकेा पवित्र धार्मिकस्थलकेा रुपमा रहेकेा कुशेश्वर महादेव मन्दिरमा यसअघि मङ्सिर १९ गते पनि दानपेटी चेारी भएकेा थियेा । त्यसपटक पनि चेार पक्राउ गर्न प्रहरी असफल भएकेा थियेा । त्यही कारण नै दानपेटी पुन चेारी भएकेा हेा ।
सिन्धुली रामेछाप र काभ्रे जिल्लाकेा संगमस्थलमा रहेकेा मन्दिर सुरक्षाकेा दृष्टिले निकै जेाखिममा रहेकेा छ । मन्दिर परिसरमा पुरातात्विक महत्वका मूर्तिहरु रहेकेा तर त्यसकेा सुरक्षामा प्रहरी प्रशासनले खासै ध्यान दिन सकेकेा छैन । मन्दिर सुरक्षाका लागि प्रहरी परिचालन गर्ने चर्चा निकै अघिदेखि चले पनि त्यसेा हुन सकेकेा छैन । नेपालथेाकमा रहेकेा प्रहरीले पनि रातिकेा सुरक्षा दिन सकेकेा छैन । मन्दिर सुरक्षाका लागि प्रहरीकेा छुट्टै पेास्ट राख्नु पर्ने माग स्थानीयवासीकेा रहेकेा छ ।
मन्दिरकेा सुरक्षामा ध्यान नदिएकेा मात्र हेाइन चेारकेा खेाजीमा नेपालथेाक प्रहरीले चासेा नदिएकेा गुनासेा स्थानीयवासीकेा छ । मन्दिर संरक्षण समितिले शंका गरेकेा व्यक्तिमाथि छानविनसमेत प्रहरीले गरेकेा छैन । त्येा अझ आश्चर्य र रहस्यमय छ । उता संरक्षण समितिमाथि पनि प्रश्न उठ्न थालेकेा छ । पटक पटक चेारी हुँदा पनि भेटीकेा सुरक्षामा किन ध्यान दिइँदैन । सडक निर्माणसँगै कुशेश्वर मन्दिर दर्शन गर्न भक्तजनहरुकेा धुँइचेा लाग्ने गरेकेा छ । त्यस क्रमसँगै मन्दिरमा भेटी बढ्दै छ र चेारकेा बिगबिगी पनि बढ्दै छ । तर संरक्षण समितिले यस तर्फ ध्यान दिन सकेकेा छैन ।
Reviewed by Nepalthok
on
10:40 AM
Rating:
No comments: